०४ भदौ २०७६, काठमाडौँ
अनुसन्धानको काम अझै जारी रहेकाले रवि लामिछाने थप ५ ल्दिन हिरासतमा रहने भएका छन् । हिजो जिल्ला अदालत चितवनले रविसहित पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा समातिएका ३ जनालाई ५ दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउने अनुमति दिएको हो ।
अब ५ दिनमा फाइनल निर्णय हुनेछ । या त रवि जेल जान्छन् या त छुट्छन् । अदालतले लामिछानेसहित पत्रकार युवराज कँडेल र अस्मिता कार्कीसँग सोमबार र मंगलबार गरी दुई दिन बयान लिएसँगै थप अनुसन्धान गर्नुपर्ने भन्दै म्याद थप गरेको हो ।