निकिताले दिइन् किशोर श्रेष्ठसहित ३ जनाविरुद्ध जाहेरी



०४ भदौ २०७६, काठमाडौँ

श्रीमान रवि लामिछाने पत्रकार शालिकराम पुडासैनी प्रकरणमा पक्राउ परेपछि अहिले निकिताले पनि प्रहरीमा जाहेरी दिएकी छिन् ।

प्रहरी अनुसन्धानमा रहेको शालिकरामको आत्महत्यासम्बन्धी भिडियो किर्ते गरेको भन्दै निकिताले जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्ल, जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ, नेपाल आज अनलाइनका सम्पादक संकेत कोइरालाविरुद्ध बुधबार महानगरीय प्रहरी परिसर काठमाडौंमा पुगेर जाहेरी दिएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्