०४ भदौ २०७६, काठमाडौँ
रवि लामिछानेकी श्रीमती निकिता पौडेलले प्रहरी अनुसन्धानमा रहेको शालिकरामको आत्महत्यासम्बन्धी भिडियो किर्ते गरेको भन्दै ३ जनाविरुद्ध जाहेरी दिएकी थिइन् । तर निकिताले जाहेरीको लागि दिएको निवेदन प्रहरीले फिर्ता गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीले क्षेत्राधिकार नपर्ने भएकाले जाहेरी अस्वीकार गरिएको जानकारी दिए । उनले भने, “जाहेरीमा उल्लेख भएका विषय हेरेका थियौँ, हाम्रो क्षेत्राधिकार भित्र नपर्ने भएका कारण हामीले उहाँहरुलाई फिर्ता पठायौँ ।”