०५ भदौ २०७६, काठमााडौँ
शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका रवि लामिछानेका समर्थकले चितवन प्रहरी कार्यालय अगाडी रविको रिहाईको माग गर्दै प्रदर्शन गरेको थियो । यस्तै प्रदर्शनमा उत्रिएका २२ जनाविरुद्ध प्रहरीले अभद्र व्यवहारको मुद्दा चलाएको छ ।
रविको रिहाईका लागि भएको प्रदर्शनमा खराब आचरण र व्यवहार देखाएको भन्दै चितवन प्रहरीले अहिलेसम्म २२ जना विरुद्ध मुद्दा चलाएको हो । रविका चारजना समर्थक जनही पाँच सय धरौटीमा रिहा भएका छन् ।
प्रहरीले भदौ २ गते १० जनालाई, भदौ ३ गते ८ जनालाई पक्राउ गरेको हो । यस्तै रविको रिहाई प्रदर्शनमा उत्रिएका मानिसको कारण ७ जना प्रहरी घाइते समेत भएका छन् ।