‘हिरासतबाट बाहिर आएको ५ मिनेटमा म निर्दोष छु भन्ने कुरा प्रमाणित गर्न सक्छु’ : रवि लामिछाने



०५ भदौ २०७६, काठमाडौँ

रवि लामिछानेले हिरासतबाटै आफ्ना शुभचिन्तकको लागि एउटा भावुक सन्देश पठाएका छन् । जहाँ उनले आफू प्रहरीसँग असुरक्षित महशुस गरिरहेको बताएका थिए । रविले आफ्नी श्रीमती निकिता पौडेलको फेसबुकमार्फत यो सन्देश पठाएका हुन् ।

त्यतिमात्र नभएर रविले आफू हिरासतबाट निस्केको ५ मिनेटभित्र शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको प्रमाणित गर्न सक्ने कुरा बताएका छन् । रविले आफूलाई ५ बर्ष जेल राख्ने सड्यन्त्र भैरहेको समेत बताएका छन् । रविको यस्तो सन्देशले अहिले उनका फ्यानहरु निकै चिन्तित छन् ।

प्रतिक्रिया दिनुहोस्