किशोर श्रेष्ठले भने, ‘जनताको भीडलाई हेरेर रविले म वादशाह हुँ भन्ने नसोचे हुन्छ’



०५ भदौ २०७६, काठमाडौँ

‘प्रेस काउन्सिल नेपाल’ का अध्यक्ष किशोर श्रेष्ठले रवि लामिछाने पत्रकार नभएको बताएका छन् । हुन त यो कुरा रविले पनि केहीसमय अघि भनेका थिए । उनले आफूलाई पत्रकार भन्दापनि सञ्चारकर्मीको उपनाम दिएका छन् । अहिले रवि शालिकरामको आत्महत्या प्रकरणमा हिरासतमा परेसँगै धेरैले किशोरमाथि नै प्रश्न गरिरहेका छन् ।

यसैबिच किशोरले यसबारे एक अन्तवार्तामा मुख खोलेका छन् । उनले आजसम्म रविको कुनैपनि काममा आफूले हस्ताक्षर नगरेकाले आफूलाई केही भन्न नमिल्ने बताएका छन् । यस्तै उनले चितवनमा रविका समर्थकले प्रदर्शन गर्न आवश्यक नरहेको बताए । उनले रविलाई ‘जनताको भीड आफ्नो पक्षमा देख्दैमा म बादशाह हुँ’ भन्ने नसोचे हुन्छ भनेका छन् ।

उनले रविले अहिलेसम्म धेरै जनताको जीन्दगी बनाइदिएको भएपनि उनका पनि आफ्ना केही कमजोरी भएको बताए । किशोरले अन्तवार्ता दिदाँदिदै रविको बैवाहिक जीवनका कुरा पनि जोड्न भ्याएका थिए । अन्त्यमा किशोरले रवि निर्दोष साबित होस भन्ने चाहना आफ्नो पनि रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्