सरकारको निर्णय प्रति दिपकको यस्तो व्यंग्य



०५ भदौ २०७६, काठमाडौँ

सरकारले हिजो एउटा निर्णय गरेको छ । अब असोज ३ संविधान दिवसको दिनबाट हलमा कुनैपनि चलचित्र सुरु हुनु अघि अनिवार्य रुपमा राष्ट्रिय गान बजाउनै पर्ने नियम सुचारु गर्ने तयारीमा सरकार छ ।

यसैबिच वरिष्ठ कलाकार दिपकराज गिरीले यो कुराको व्यङ्ग्य गर्दै आफ्नो आधिकारीक फेसबुकमा एक स्टाटस लेखेका छन् । दिपकले सरकारको यो निर्णयको मजाक उडाएका छन् । यस्तै उनले विशेष चलचित्र विकास बोर्ड का अध्यक्ष केशव भट्टराईप्रति व्यङ्ग्य गरेका छन् ।

दिपकको स्टाटस जस्ताको तस्तै–

“ओहो !सरकारले गज्जब निर्णय गरेछ सिनेमा हलमा राष्ट्रीय गान बजाउनै पर्ने रे मान्नै पर्छ बा अब भने नेपाल र नेपाली फिल्मको बिकास हुने नै भो बिकासबोर्डले केहि गर्न सकेन भन्नेहरू हेर्नुस  नयॉ अध्यक्ष आउने बित्तिकै कत्रो परिवर्तन”

प्रतिक्रिया दिनुहोस्