०७ भदौ २०७६, काठमाडौं
हङकङमा भइरहेको विरोध प्रदर्शनको गलत सूचना प्रवाह गरेको भन्दै चीनमा २१० युट्युब च्यानलहरु बन्द गरेको बताएको छ ।
गुगल कम्पनीको स्वमित्व रहेको युट्युबले हङकङमा भइरहेको विरोध प्रदर्शनका बारेमा गलत सूचना दिन आफ्नो वेबसाइट प्रयोग गरेको भन्दै ती च्यानलहरु बन्द गरेको जानकारी बिहीवार ब्लग पोष्टमार्फत दिएको छ।
ट्वीटर र फेसबुकले त्यस्ता गलत सूचना दिने सयौँ अकाउन्टहरु बन्द गरेको केही दिनपछि युट्युबले पनि यस्तो कदम चालेको हो ।