दक्षिण कोरियामा ‘सोसिएल वेलफेयर एक्स्सिलेन्स अवार्ड २०१९’



०७ भदौ २०७६, काठमाडौं

सामाजिक सेवामा समर्पित र समाजको लागि विभिन्न क्षेत्रमा योगदान दिदैं आएका सामाजिक अभियन्ताहरुको सम्मानार्थ ‘सोसिएल वेलफेयर एक्स्सिलेन्स अवार्ड २०१९’ को आयोजना हुने भएको छ ।

अवार्ड २०१९ सेप्टेम्बर १२ मा दक्षीण कोरियाको सिउलमा हुनेछ । क्लब फोर्टी इन्टरनेसनल तथा दोलखा समाज, दक्षीण कोरियाको सहयोगार्थ उक्त अवार्ड कार्यक्रम हुन लागेको हो । यो किसिमको अवार्ड पहिलो पटक बिदेशमा हुन लागेको कार्यक्रम संयोजक प्रेम पोखरेलले बताएका छन् ।

सामाजिक कार्यमा आवद्ध व्यक्तिहरुको आत्मबल तथा प्रोत्साहन अझै बढाउनको लागि यो अवार्डले मद्दत पुर्याउने छ । पहिलो संस्करणमा २० विधामा यो अवार्ड प्रदान गर्न लागिएको आयोजक संस्थाको अध्यक्ष बिभु न्यौपानेले जानकारी दिनु भएको छ ।

संस्थाको आन्तरिक टिमले नै अवार्ड प्राप्त गर्ने व्यक्तिहरुको छनोट गर्नेछ । विभिन्न सामाजिक कार्यहरुमा सक्रिय रहेको संस्था क्लब फोर्टी इन्टरनेसनलले यो अवार्डबाट समाजमा रहेका सामाजिक अभियन्ताहरुको हौसला बृद्धी गर्ने र उनीहरुलाई सामाजिक कार्यमा अझै अघि बढ्न प्रोत्साहन हुने लक्ष्य लिएको छ । यो अवार्डलाइ बार्षिक रुपमा निरन्तर गर्दै जाने पनि आयोजकले जानकारी दिए ।

समाजका विभिन्न क्षेत्रमा योगदान पुर्याउँदै आउनुभएका सामाजिक अभियन्ताहरुलाई यस कार्यक्रममा सहभागिता जनाइ यस कार्यक्रमको शोभा बढाइदिन हुन आह्वान गरिन्छ सहभातिको लागि क्लब फोर्टी इन्टरनेसनलको कार्यलय पानी पोखरी सम्पर्क गर्न समेत आयोजक टिमले अनुरोध गरेको छ  ।

प्रतिक्रिया दिनुहोस्