हिरासतमा सुत्न सक्दैनन्, छटपटीमा बित्छ रविको रात



०७ भदौ २०७६, काठमाडौँ

आज अदालतले रविसहित ३ जनालाई हिरातसबाट निकाल्ने वा ५ बर्ष जेल सजाय दिने भन्ने कुराको निर्णय लिनेछ । प्रहरीले मागेको ५ दिन आज सकिएको छ र आज अदालतले अन्तिम फैसला गर्नेछ ।

हिरासतमा परेदेखि रवि एकोहोरिएका छन् । उनी खासै कसैसँग बोल्दैनन् । खाली पुस्तक मात्र पढेर बस्छन् । उनलाई रातभर छटपट हुन्छ र उनी निदाउन सक्दैनन् । रविकी श्रीमती निकिता पनि चितवनमा नै छिन् । उनी आफ्ना केही साथीसँग होटलमा बसेकी छिन् । बिहान बेलुका रविको लागि खाना लिएर हिरासत पुग्छिन् ।

प्रतिक्रिया दिनुहोस्