०७ भदौ २०७६, काठमाडौं
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले संघीयता र गणतन्त्रको विरुद्ध लाग्नेलाई सरकारले नछाड्ने बताएका छन्।
जिल्ला समन्वय समिति पाँचथरको तेस्रो जिल्लासभालाई सम्बोधन गर्दै मन्त्री भट्टराईले यस्तो बताएका हुन्।
उनले संघीयता तथा गणतन्त्र विरोधीहरु सरकारले नस्वीकार्नेसमेत बताए।
‘संविधानले सबै आवाजहरु राख्न पाउने सुविधा दिएको छ’, उनले भने, ‘संविधानभन्दा बाहिर गएर हिंसा, हिंसा, आतंक फैलाउने र संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध उत्रने जो–कोहीलाई सरकारले स्वीकार गर्दैन।’