०७ भदौ २०७६, काठमाडौँ
रामेछाप घर भई हाल चाँगुनारायण नगरपालिका–८ जीतपुर बस्दै आएका ३० वर्षीय श्रीमानले २६ वर्षीया श्रीमतीलाई करणी गरेको जाहेरी आएपछि श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । आफू बिरामी भएको बताउँदै बताउँदै श्रीमानले शारिरीक सम्पर्क राखेपछि श्रीमतीले जाहेरी दिएकी हुन् ।
१० बर्षअघि विवाह भएको यो दम्पतीको ८ बर्षिया छोरा पनि छन् । अहिले श्रीमतीको स्वास्थ्य परीक्षण भैरहेको छ भने श्रीमान हिरासतमा नै छन् ।