०७ भदौ २०७६, काठमाडौं
स्पेनलाई सन् २०१० को विश्वकप र सन् २००८ र २०१२ को युरो जिताउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका फरवार्ड फर्नान्डो टोरेसले सन्न्यास लिएका छन् ।
जापानको सागन टोसु फुटबल क्लबमा रहेका टोरेसले ३५ वर्षको उमेरमा अन्तिम खेल खेल्दै आफ्नो खेलाडी करिअरबाट सन्यास लिएका हुन्।
एटलेटिको म्याड्रिडबाट व्यावसायिक करिअर सुरु गरेका उनले प्रिमियर लिग क्लब लिभरपुलबाट खेल्दै उच्च प्रदर्शन गरेका थिए।
त्यसपछि प्रिमियर लिगको कीर्तिमानी ट्रान्सफरमा चेल्सी पुगेका उनले सोचेअनुरुप प्रदर्शन गर्न सकेनन्। चेल्सीबाट लोनमा एसी मिलानबाट समेत उनले केही समय खेले।
खेल जीवनको अन्त्यतिर एटलेटिको म्याड्रिडनै फर्किएका टोरेसले जापानी क्लबबाट खेल्दै बिदा लिएका हुन्।
टोरेसले स्पेनका लागि १ सय १० खेल खेल्दै दुई पटक युरो कप जिताउँदा दुवै फाइनलमा गोल गरेका थिए।