०८ भदौ २०७६, काठमाडौँ
रवि लामिछानेको समर्थन गर्दै चर्चित कलाकार केदारनाथ घिमिरे (माग्ने बुढा) ले पनि फेसबुकमा स्टाटस लेख्न भ्याएका छन् । माग्ने बुढाले आफू सत्यको साथ दिने भएकाले रवि लामिछानेको पक्षमा आफू भएको कुरा स्टाटसमा बताएका छन् ।
माग्ने बुढाको स्टाटसमा धेरैले सकरात्मक प्रतिक्रिया दिएका छन् । उनको स्टाटस जस्ताको तस्तै–
आजसम्म कुनै निर्णय बाहिर नआएको र भित्रै राखेर अल्ल्झाईरहने अबस्था देखिएकोले रबि दाईलाई बचाउने अभियानमा खुलेर साथ दिने निर्णय गरियो।सत्य मर्नु हुदैन । (सालीग्राम पुडासैनी परिवारले पनि न्याय पाउनुपर्छ) मातृभुमि,आमा, स्वधर्म र सत्य यी चार कुरामा समर्थन गर्दछु। गाली र ताली दुबै स्विकार्य छ । (नोट : कसैको नुन खाएको छैन)