राष्ट्रपति भण्डारी र प्रचण्डबीच भेटवार्ता



०८ भदौ २०७६, काठमाडौं

नेपाल कयुनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रपति विद्या देवी भण्डारीबीच भेटवार्ता भएको छ।

प्रचण्ड र भण्डारीबीच दुई घण्टा लामो वार्ता भएको श्रोतले जनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओली गत बिहीबार फलोअपका लागि सिंगापुर पुगेका छन्।
प्रधानमन्त्री ओलीको अनुपस्थितिमा पार्टी संचालनको जिम्मा प्रचण्डले पाएका छन्।

राष्ट्रपतिले मुलुकको पछिल्लो राजनीतिक परिस्थिति, पार्टीभित्रको शक्ति सन्तुलन आदिबारे चासो राखेको हुनसक्ने स्रोतको दाबी छ।

प्रतिक्रिया दिनुहोस्