अनमोलको ‘कृ’ ८ दिनदेखि युट्युब ट्रेन्डिङको नम्बर ‘वान’ मा



०८ भदौ २०७६, काठमाडौँ

अभिनेता अनमोल केसी स्टारर चलचित्र कृ १० दिनअघि युट्युबमा सार्वजनिक भएको थियो । यो चलचित्रले युट्युबमा ८ दिनदेखि ट्रेन्डिङ १ मा राज गरेर बसेको छ । चलचित्र कृ लाई अधिकांश दर्शकबाट सकरात्मक प्रतिक्रिया मिलेको छ ।

अधिकांश दर्शकले अनमोलको एक्सन अवतारलाई निकै रुचाएका छन् भने नायिका अदिती बुढाथोकीको अभिनयलाई पनि रुचाएका छन् । यो चलचित्रलाई ५० लाखभन्दा बढी पटक हेरिएको छ । छोटो समयमा नै यतिधेरै भ्यूज पाउनु ठूलो कुरा हो । अनमोल चलचित्रलाई दर्शकले रुचाएकोमा निकै खुसी छन् ।

प्रतिक्रिया दिनुहोस्