उपचारका लागि विदेश गएका नेतालाई जनताले मर्नेगरी कुटे



०८ भदौ २०७६, काठमाडौँ

नाइजेरियामा एक नेता कुटिएका छन् । आफ्नै देशमा राम्रो अस्पताल बनाउनको सट्टा उपचारका लागि बाहिर गएको भन्दै नाइजेरियाका जनताले उक्त नेतालाई कुटेका छन् ।

स्वास्थ्य उपचारको लागि जर्मन गएका संसदका पूर्व उप प्रमुखमाथि कुटपिट गरिएको हो । जर्मनमा बस्ने नाइजेरियन नागरिकहरूले संसदका पूर्व उपप्रमुख इके एकवेरेमाडूमाथि कुटपिट गरेका हुन् ।

उपचारका लागि जर्मन पुगेका नेतालाई आफ्नै देशमा गएर उपचार गर जा भनेर विमानस्थलबाटै फर्काइएको थियो ।

प्रतिक्रिया दिनुहोस्