मिडियाप्रति रामकृष्णको दुखेसो : भन्छन्, ‘पारससँग बुढी साट्ने समाचार झुटो हो’



०८ भदौ २०७६, काठमाडौँ

रामकृष्ण ढकाल र पारस शाहको सम्बन्ध राम्रो नभएको बताइन्छ । तर रामकृष्ण यो कुरालाई अस्वीकार गर्छन् । उनी आफू र पारसबीचको सम्बन्ध नबिग्रिको बताउँछन् । यसैबिच रामकृष्णले पारससँगको आफ्नो रमाइलो कुरा सुनाए ।

रामकृष्ण ढकालले आफ्नो एन्निभर्सरीमा श्रीमतीलाई लिएर कतै घुम्न गएका थिए । संयोगबस उनको भेट राजपरिवारसँग भयो । राजपरिवारसँग रामकृष्णको पहिलेदेखि नै चिनजान थियो । त्यसैले उनीहरु एकसाथ बसेर रमाइलो गर्न थाले ।

रामकृष्ण चर्चित गायक भएकाले सबैले रामकृष्णलाइ गीत गाउन आग्रह गर्न थाले । रामकृष्णले पनि खुसी हुदैँ आफ्नो इश्वर तैले रचेर फेरि गीत गाएका थिए । उनको गीत सुनेर हिमानीले आफूलाई सम्हाल्न सकिनन् र उनी रोइन् । उनले पुनः रामकृष्णलाई त्यो गीत गाउन अनुरोध गरिन् । यो कुरा पारसलाई मन परेन र उनले हिमानीलाई गाली गरे ।

दुईबीच केहीसमय भनाभन भयो र हिमानी रिसाएर त्यहाँबाट हिडिन् । त्यसपछि पारस पनि जुरुक्क उठेर हिडे । त्यतिबेला रामकृष्णलाई नराम्रो महशुस भएको थियो । यो घटनाले निकै ठूलो रुप लियो । त्यसबेला पारस र रामकृष्णबिच बुढी साट्ने प्रस्ताव भन्ने हेडलाइन राखेर समाचार बनाइएको थियो । जुन पुर्ण रुपमा गलत थियो । उक्त समाचारका कारण रामकृष्णका धेरै फ्यान भड्किएका पनि थिए ।

प्रतिक्रिया दिनुहोस्