०९ भदौ २०७६, काठमाडौं
बूढानीलकण्ठ नगरकार्यपालिकाको निर्णय र प्रदेश नं. ३ सरकारको नीति अनुसार बूढानीलकण्ठ नगरपालिकाले दमकल भित्र्याएको छ ।
नगरपालिकाभित्र पर्नसक्ने कुनै पनि आपतकालिन अवस्थाका लागि दमकल उपयोगी हुने जनप्रतिनिधिको अपेक्षा रहेको छ ।
विगतमा दमकल नहुँदा पटकपटक नगरपालिकाभित्रका स्थानीहरुले नेपाल आर्मी, काठमाडौैं महानगरपालिका लगायतको दमकल प्रयोग गर्नुपर्ने अवस्था रहेको थियो ।