१० भदौ २०७६, काठमाडौं
आजको प्रतिनिधिसभाको बैठकमा विविध विषयमा दफावार छलफल हुने भएको छ।
दिउँसो ३ बजे सुरु हुने बैठकमा ‘मदान भण्डारी विज्ञान तथा प्रविधि विश्व विद्यालय विधेयक, २०७६’माथि दफावार छलफलका लागि सम्बन्धीत समितिमा पठाउने प्रस्ताव गर्ने कार्यसूची रहेको छ।
अर्थमन्त्री डा. युवराज खतिवडाले ‘नागरिक लगानी कोष (दोस्रो संशोधन) विधेयक,२०७५’ लाई दफावार छलफलका लागि प्रस्ताव पेश गर्ने कार्यसूची रहेको संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराईले जानकारी दिए।
त्यस्तै, बैठकमा गृहमन्त्री रामबहादुर थापाले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक, २०७५’ मा छलफल गर्न प्रस्ताव पेश गर्नेछन्।
सो छलफल पछि उक्त विधेयकलाई आजै उनले पारितका लागि पेश गर्ने छन्।