१० भदौ २०७६, काठमाडौँ
चितवन जिल्ला अदालतले शालिकरामले आत्महत्या गर्नुअघि बनाएको भिडियो एक्लै नबनाएर उनीसँग अरु कोही पनि भएको ठहर गरेको छ ।
शालिकरामले भिडियो रेकर्ड गराउँदा उनीसँग अरुपनि कोही उनी बसेको कोठामा भएको कुरा अदालतले हिजो दिएको आदेशमा उल्लेख छ ।
आदेशमा भिडियो रेकर्ड गर्दा र आत्महत्या गर्दाको मनस्थिती फरक रहेको भनिएको छ । भिडियो रेकर्ड गर्दा शालिकराम भित्री वस्त्रमा देखिएको तर आत्महत्या गर्दा पाइन्ट, सर्टसहितको पहिरनमा देखिएको अवस्थाले उनको मनथिति फरक भएको ठहर गरिएको हो ।