११ भदौ २०७६, काठमाडौँ
मात्र २७ बर्षकी छिन् उनी तर उनले ७ पटक गर्भपतन गराइसकेकी छिन् । त्यसमाथि उनको काखमा पाँच सन्तान छन् । शारिरीक सम्पर्कको बेला परिवार नियोजनको साधन प्रयोग गर्न उनका श्रीमान मान्दैनन् । न उनलाई नै प्रयोग गर्न दिन्छन् । जसका कारण उनले सात पटक गर्भपटन गर्नुपरेको छ ।
धेरैपटक गर्भपतन गरेका कारण उनी मानसिक, शारिरीक र आर्थिक हिसाबले पनि कमजोर भैसकेकी छिन् । उनले पाँच पटक औषधी सेवन गरेर र २ पटक अप्रेशन गरेर बच्चा फालेकी छिन् । यसका कारण उनलाई पाठेघरको समस्या भैसकेको छ । तर अझै कतिपटक गर्भपतन गराउनु पर्ने हो भन्ने डरले उनलाई सताइरहेको छ ।
थापाथलीस्थित प्रसूति गृहमा असुरक्षित गर्भपतनका जटिलता लिएर उनीजस्ता महिला दिनँहु इमर्जेन्सी कक्षमा भर्ना हुन्छन् । कान्तिपुर दैनिकले खबर छापेको छ ।