रविले भने : ‘जनताबाट यतिधेरै माया पाएको छु, यो शिर झुक्ने काम कहिल्यै गर्नेछैन’



११ भदौ २०७६, काठमाडौँ

हिजो रवि लामिछाने नारायणी नदिको किनारमा धन्यवाद सभा राखेका थिए । उनलाई हेर्नको लागि लाखौँको संख्यामा जनता उपस्थित भएका थिए । रविको समर्थक हेर्दा यस्तो लाग्छ कि यतिधेरै जनताको माया पाउने सायदै उनी पहिलो व्यक्ति होलान् ।

रविले निकै नम्रसँग सबैलाई आफूलाई दिएको माया र साथको लागि कृतज्ञता व्यक्त गरे । उनले आफूलाई जनताले यतिधेरै माया गर्ने कुरा अहिलेसम्म थाहा नभएको समेत बताए । जनताको आश र भरोसालाई कहिल्यै नतोड्ने वाचा समेत रविले जनतालाई गरेका छन् ।

उनले अब आफूमाथि अझ धेरै जिम्मेवारी थपिएको महशुस भएको र काम गर्न नयाँ उर्जा पनि थपिएको बताए । उनले यतिधेरै जनताबाट आर्शीवाद पाएको छु कहिल्यै यो शिर झुक्ने काम गर्नेछैन समेत भनेका छन् । उनको कुराले धेरैको आखाँमा आँशु आएको थियो ।

प्रतिक्रिया दिनुहोस्