११ भदौ २०७६, काठमाडौँ
काजु खाने गर्नुभएको छ ? यदि छैन भने काजु खाने गर्नुहोस् । काजु स्वास्थ्यको लागि निकै नै फाइदाजनक हुन्छ । शरीरमा उर्जा थप्नुको साथै काजु खानाले अनुहार पनि चम्किलो बनाउँछ ।
हामी थकित छौँ भने काजु खानाले थकान कम भएको महशुस पनि हुन्छ । काजु खानुका धेरै नै फाइदाहरु छन् । ती हुन्–
- काजुमा प्रोटिनको मात्रा उच्च हुन्छ । नियमित काजु खाँदा अनुहार चम्किलो बन्छ । काजुलाई पानीमा भिजाएर पिस्ने र यसरी बन्ने लेपले अनुहारमा मसाज गर्नाले अनुहार अझ बढी चम्किलो हुन्छ ।
- काजुमा एक प्रकारको तेल पाइन्छ , जसमा भिटामिन बी प्रचुर मात्रामा हुन्छ । यसले दिमाग तेजिलो बनाउँछ ।
- काजु खानाले शरीरमा युरीक एसिड फर्मेसन हुँदैन । युरिक एसिडको समस्या भएकालाई ड्राइफुड उपयुक्त मानिँदैन् । तर, त्यस्ता मानिसले पनि निर्धक्कसँग काजु खान सक्छन् ।
- काजुमा सोडियमको मात्रा कम हुन्छ र पोटासियमको मात्रा बढी हुन्छ । त्यसैले काजु खाने गर्नाले रक्तचाप नियन्त्रण अवस्थामा रहन्छ ।
- हरेक बिहान काजु खाने गर्नाले कोलेस्टेरोलको मात्रा नियन्त्रण रहन्छ ।