कांग्रेस केन्द्रीय कार्यसमिति बैठकः भातृ संगठनबारे छलफल



११ भदौ २०७६, काठमाडौं

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज फेरी बस्ने भएको छ।

गत २२ असारमा १४ वटा एजेण्डा प्रस्तुत गरेर सुरु भएको बैठक पटक–पटक रोकिँदै आएको छ। कांग्रेसको बैठक यसअघि गत साउन २९ गते बिना निष्कर्ष टुंगिएको थियो।

आजको बैठकमा नेविसंघको नयाँ केन्द्रीय कार्यसमिति गठन, तरुण दलको कार्यसमिति विस्तार, म्याद सकिएका भाृत संगठनहरुको अधिवेशन लगायतका विषयमा छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले बताए।

नियमावली संशोधन, कांग्रेस र तत्कालीन लोकतान्त्रिक फोरमबीच पार्टी समायोजन, भातृ एवं शुभेच्छुक संस्थाहरूको विधान संशोधन र मान्यता प्रदान र जनसम्पर्क समितिबारेमा छलफल गर्ने पनि कांग्रेसको एजेण्डा छ।

त्यसैगरी यही भदौ २४ गतेदेखि सुरु हुने जागरण अभियान अन्तर्गत गरिने कार्यक्रमहरुका बारेमा पनि बैठक केन्द्रीत हुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्