११ भदौ २०७६, काठमाडौँ
युरोपमा रहेका नेपाली अनाथ बालबालिकाको सहयोगार्थको लागि चर्चित गायक सुगम पोखरेल, गायिका तृष्णा गुरुङ र नायिका बर्षा राउत लगायतको टोली युरोप जाने भएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै यसबारे जानकारी दिइएको थियो ।
सुगमले यो कार्यक्रम बालबालिकाको लागि भएकाले आफू थोरै मात्र पारिश्रमिक लिएको बताएका छन् । यस्तै नायिका बर्षा राउतले युरोपमा रहने नेपालीलाई कार्यक्रममा सहभागी हुन आग्रह पनि गरिन् । अब छिट्टै नै यो कार्यक्रम लिएर उनीहरु युरोप जादैँछन् ।