११ भदौ २०७६, काठमाडौँ
शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका रवि लामिछाने अस्तिमात्र हिरासतबाट छुटेका छन् । तर उनीमाथि फेरि अर्को मुद्दा दर्ता भएको छ ।
कञ्चनपुरका पत्रकार खेम भण्डारीले मिडिया काउन्सील नेपालमा उजुरी दर्ता गरेका हुन । उनले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त बलात्कार पछिको हत्याको विषयमा अतिरञ्जित गरेको भन्दै कार्बाहीको माग गरेका छन ।
पत्रकार भण्डारीले लामिछानेलाई पत्रकार आचार संहिता विपरित काम गरेको भन्दै मिडिया काउन्सिल समक्ष हदै सम्मको कार्बाहीको माग गरेका छन ।