काठमाडौँ आए रवि, पञ्चेबाजा सहित विमानस्थलमा गरियो भव्य स्वागत



११ भदौ २०७६, काठमाडौँ

रवि लामिछाने आज काठमाडौँ फर्किएका छन् । ११ दिनको चितवन बसाईपछि उनी काठमाडौँ आएका हुन् । विमानस्थलमा उनको निकै भव्य तरिकाले स्वागत गरिएको छ । रविलाई स्वागत गर्नको लागि महिलाहरुले पञ्चेबाजा समेत बजाएका थिए ।

रवि काठमाडौँ आज आउने थाहा पाएकाले उनका फ्यानहरु अगाडी देखि नै विमानस्थलमा गएर बसेका थिए । रवि ओर्लन साथ उनका फ्यानले फुलमाला सहित उनलाई सम्मान समेत गरे । रविलाई भेट्नको लागि हजारौँको संख्यामा उनका फ्यान उपस्थित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्