बूनपा उप-प्रमुख राईको सहयोगमा शैक्षिक सामग्री वितरण



११ भदौ २०७६, काठमाडौं

बूढानीलकण्ठ नगरपालिका उपप्रमुख रमादेवी राईको सहयोगमा वडा नं ६ स्थित भद्रकाली आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरिएको छ ।

शैक्षिक सामग्री वितरण कार्यक्रममा उपप्रमुख राईले बूनपामा आर्थिक अवस्थाको कारणले कुनैपनि नगरवासीले पढाईबाट वञ्चित हुन नहुने धारणा व्यक्त गरिन् ।

नीजि विद्यालयमा भन्दा सरकारी विद्यालयमा पढाईको गुणस्तरमा ध्यान दिन आवश्यक रहेको बताउँदै  उप-प्रमुख राईले भनिन्, नीजिमा भन्दा सरकारी विद्यालयका शिक्षकको पारिश्रमिक बढि हुँदा समेत सरकारीमै शिक्षाको गुणस्तर नहुनु आपत्तिजनक अवस्था हो ।

बूढानीलकण्ठ नगरपालिका वडा नं ६ का वडाध्यक्ष नविन केसीले विद्यालयमा भएको श्रोत  साधनलाई राम्रोसँग प्रयोग गर्न आग्रह गरका थिए । आफ्नो वडामा रहेको भद्रकाली आधारभूत विद्यालयलाई केही गरौ भन्ने हिसावमा आफू अगाडी वढेको बताउँदै आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए ।

त्यसैगरि बूनपा नेकपाका सचिव प्रदिप डंगोलले आफूले समेत अध्ययन गरेको  भद्रकाली आधारभूत विद्यालयलाई विभिन्न निकायबाट शैक्षिक सामग्रीको लागि विशेष पहल गरेको बताए ।

विद्यालयका प्रधानाध्यापक शान्ता बुढाथोकीले विद्यालयमा विभिन्न संघसंस्थाले गरेको सहयोगप्रति धन्यवाद दिदैं आगामी दिनमा समेत सहयोगको अपेक्षा रहेको बताईन् ।

प्रतिक्रिया दिनुहोस्