१२ भदौ २०७६, काठमाडौँ
नायिका आँचल शर्मा केहीसमय देखि उदिप श्रेष्ठसँग नजिक छिन् । उनीहरुले आफू एकअर्काको मिल्ने साथी भएको बताइरहेका छन् । तरपनि दर्शकले नै यो कुरालाई ठूलो बनाइरहेका छन् । यस्तै कतिपयले दर्शकले त आँचललाई पललाई धोका दिएको भन्दै अश्लील म्यासेज समेत पठाएका छन् ।
अत्ति भएपछि आँचलले एक युवतीको अश्लील म्यासेज आफ्नो इन्ष्टाग्रामको स्टोरीमा राख्दै उनलाई कडा जवाफ दिएकी छिन् । उनले पल र आफू मिल्ने साथी मात्र भएको कुरा धेरै पहिले नै बताइसकेकाले यस्ता अश्लील म्यासेज नगर्न आग्रह समेत गरेकी छिन् । साथै उनले फ्यानले नै पल र आफ्नो प्रेम र ब्रेकअपको कुरा बाहिर ल्याएको पनि बताइन् ।