१२ भदौ २०७६, काठमाडौँ
रवि लामिछानेको रिहाईसँगै अहिले देशैभर यसैबारे मात्र चर्चा भैरहेको छ । यस्तै ऋषि धमलाले पनि यस विषयमा केही बोलेका छन् । उनीपनि रविको रिहाई हुनुपर्छ भन्ने पक्षमा थिए । तर उनले रवि महानायक भने नभएको बताए ।
रविले हिरासतबाट रिहा भएपछि गरिएको प्रेसमिटमा राजनितिमा जाने संकेत गरेका थिए । यसबारे भने ऋषिले अचम्मको जवाफ दिएका छन् । उनले रविले आफूलाई पत्रकार नमान्नु उनको महानता भएको बताएका छन् । उनले कार्यक्रम चलाउन जस्तो सजिलो राजनीति गर्न नभएको बताएका छन् । उनले राजनीति निकै गाह्रो काम भएकाले यो यत्तिकै गर्न नमिल्ने बताएका छन् ।
उनले रविको जनतामाझ निकै राम्रो क्रेज भएकाले उनलाई जनताले साथ दिने गरेको बताए । तर भाषण गर्न जस्तो सजिलो राजनीति गर्न भने नभएको उनको भनाई छ । साथै ऋषिले अदालतले रविलाई अभियुक्त नै भनेको पनि बताएका छन् ।