‘आमा’ को लागि कपाल मुण्डन गरिन् सुरक्षाले



१२ भदौ २०७६, काठमाडौँ

नायिका सुरक्षा पन्तले अभिनय गरेका चलचित्र बक्सअफिसमा खासै सफल छैनन् । तर उनको अभिनयको भने सबैले खुलेर तारिफ गर्ने गरेका छन् । उनले हरेक चलचित्रमा फरक भूमिका निर्वाह गर्दै आएकी छिन् ।

यतिबेला भने सुरक्षा चलचित्र आमा मा व्यस्त छिन् । चलचित्र आमा मा उनको नयाँ लुक्स देख्न पाइनेछ । यो चलचित्रका लागि सुरक्षाले आफ्नो कपाल नै मुण्डन गरेकी छिन् । चलचित्रमा उनको र मिथिला शर्माको मुख्य भूमिका रहेको छ । सुरक्षा चलचित्रमा मिथिला शर्माकी छोरीको भूमिकामा देखिदैँ छिन् । उनी यो चलचित्रको लागि निकै उत्साहित पनि छिन् ।

प्रतिक्रिया दिनुहोस्