१३ भदौ २०७६, काठमाडौँ
आज कुशे औंशी अर्थात बाबुको मुख हेर्ने दिन हो । यो दिन हाम्रो लागि निकै नै विशेष हुन्छ । देशभर नै कुशे औंशीलाई एउटा महान चाड जसरी मनाउने प्रचलन केही समयदेखि बढेको छ ।
यस्तै शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पु¥याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कशु त्यसै दिन मात्र उपयोग गर्न सकिने बताइन्छ ।
आजको दिन परम्पराअनुसार छोरीछोरीले बाबुलाई मिठाई तथा भोजन खुवाउनुका साथै विभिन्न उपहार दिएर बाबुप्रति सम्मान प्रकट गर्छन् भने बाबु नहुनेले विभिन्न धार्मिक स्थलमा गई बाबुको नाममा तर्पण दिने, पिण्डदान गर्ने गर्छन् ।