१३ भदौ २०७६, काठमाडौँ
लोकदोहोरी गायक प्रकाश कटुवालले हिजो नायिका प्रियंका कार्कीको व्यवहार आफू अभद्र लागेको भन्दै फेसबुकमा निकै लामो स्टाटस लेखेका थिए । उनले प्रियंकाको व्यवहार हेरेर उनलाई म्यूजियममा राखुम कि चिडियाखानामा दोधारमा परे समेत भनेका छन् ।
प्रकाशको स्टाटसको कारण धेरैले प्रियंकालाई नराम्रो कमेन्ट समेत दिए । यसैबिच नायिका प्रियंका कार्कीले प्रकाशसँग माफी मागेकी छिन् । उनले प्रकाशसँग माफी मागेको कुरा प्रकाशले आफ्नो फेसबुकमार्फत बताएका छन् । त्यस्तै प्रकाशले आफ्नो स्टाटस समेत हटाएका छन् ।