‘दिपक अविवाहित भए म उसैसँग बिहे गर्थे’ : दिपाश्री निरौला



१३ भदौ २०७६, काठमाडौँ

दिपाश्री निरौला चर्चित कलाकार र निर्देशक पनि हुन् । उनको कामको सबैले प्रशंसा गर्ने गरेका छन् । दिपाश्री उमेरले ४० कटिसकेकी छिन् । तर उनी अविवाहित हुन् ।

उनलाई एक अन्तवार्ता तपाईको सपनामा आएर हैरान पार्ने पुरुष कोही छैनन् भनेर प्रश्न गरिएको थियो । जसमा दिपाले पहिले पहिले राजेश हमाल आएर हैरान पार्नुहुन्थ्यो, अहिले भने दिपकले अरु कसैलाई ठाउँ दिएको छैन भनेर जवाफ दिइन् ।

दिपाले दिपकसँग आफ्नो सोचविचार, काम मिल्ने भएकाले बढी गफगाफ उसैसँग हुने बताइन् । त्यतिमात्र नभएर दिपाले दिपकको विवाह नभएको भए आफूले दिपकसँग नै बिहे गर्थे पनि भनिन् ।

 

प्रतिक्रिया दिनुहोस्