गलत आरोपले इज्जतमा दाग लाग्यो भन्दै रोइन् प्रियंका



१३ भदौ २०७६, काठमाडौँ

प्रकाश कटुवालले नायिका प्रियंका कार्कीप्रति स्टाटस मार्फत आफ्नो आक्रोश पोखेका छन् । उनले अष्ट्रेलियाबाट नेपाल फर्कने क्रममा प्रियंकाले आफूप्रति अभ्रद व्यवहार गरेको बताएका थिए । यसैबिच नायिका प्रियंका कार्कीले केही बोलेका छन् ।

उनले प्रकाशले आफ्नो बारेमा गलत कुरा लेखेको बताइन् । उनले अष्ट्रेलियाबाट नेपाल आउने क्रममा आफूले प्रकाशलाई अभ्रद व्यवहार कतैपनि नगरेको बताइन् । उनले सामाजिक सञ्जालमा प्रकाशले आफ्नो नाम नै बदनाम गरिदिएको बताइन् ।

प्रियंकाले एउटा कलाकारले नै अर्को कलाकारको बेइजत गरेको देख्दा दुख लागेको बताइन् । उनी भावुक हुदैँ रोइन् पनि । प्रियंकाले आफूलाई यो कुराले निकै चित्त दुखेको बताएकी छिन् । गर्दै नगरेको गल्तीको आरोप आफूलाई लागेको भन्दै प्रियंकाले प्रकाशलाई अबदेखि यसरी कसैको बेइजत नगर्न आग्रह पनि गरिन् ।

प्रतिक्रिया दिनुहोस्