पाकिस्तानी प्रधानमन्त्रीको कार्यालयमा बिजुली लाइन काट्ने चेतावनी



१४ भदौ २०७६, काठमाडौं

तिर्नुपर्ने बक्यौता रकम करोड पुगेपछि पाकिस्तानको विद्युत कम्पनीले पाकिस्तानी प्रधानमन्त्री इमरान खानको सचिवालयको बिजुली लाइन काट्ने सूचना जारी गरेको छ।

पटक–पटक बिल तिर्न सचिवालयलाई ताकेता गरेपनि समयमा पैसा नपाएपछि कम्पनीले बिजुली काट्ने सूचना निकालेको हो। इस्लामावाद विद्युत वितरण कम्पनीले बुधबार एक सूचना जारी गर्दै खानको सचिवालयको बिजुली काट्ने बताएको हो।

समाचार पोर्टल खलिज टाइम्सका अनुसार प्रधानमन्त्री इमरानको सचिवालयले यस महिना तिर्नुपर्ने ४१ लाख र गत महिनाको ३५ लाख बिजुली विल तिरेको छैन।

कम्पनी निकट श्रोतका अनुसार कयौं पटक ताकेता गर्दा पनि सचिवालयले बिल तिर्न अटेर गर्दै आएको छ। गर्मीका महिनाहरूमा १२/१२ घण्टासम्म पाकिस्तानमा लोडसेडिङ् हुने गरेको छ।

सन् २०१३ मा अत्याधिक बहुमतले चुनाव जितेको इमरानले त्यतिबेला आगामी निर्वाचनसम्म बिजुली समस्या पूर्णरूपमा हल गर्ने वाचा गरेका थिए।

 

प्रतिक्रिया दिनुहोस्