सकारात्मक नयाँ कामः पर्यटनमन्त्रीले सुनाए देउवालाई भ्रमण वर्षको तयारीबारे



१४ भदौ २०७६, काठमाडौं

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवासँग भेटवार्ता गरेर भ्रमण वर्षको भयारीका बारेमा सुनाएका छन्।

भेटका लागि मन्त्री भट्टराई शनिबार बिहान पूर्वप्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति देउवाको निवास बूढानीलकण्ठ पुगेका थिए। मन्त्री भएपछि पहिलो पटक देउवालाई भेटेका भट्टराईले मन्त्रालयको बार्षिक कार्यक्रम र भ्रमण वर्ष २०२० बारे जानकारी गराएका छन्।

‘मन्त्रालयका काम र भ्रमण वर्ष २०२० को बारेमा उहाँले अभिरुचीका साथ सुन्नुका साथै महत्वपूर्ण सल्लाह सुझाव दिनुभएको छ’ मन्त्री भट्टराईले भनेका छन्।

प्रतिक्रिया दिनुहोस्