नेमार, एमबाप्पे र कभानीबिनै पिएसजीको जित



१४ भदौ २०७६, काठमाडौं

आफ्ना स्टारहरु नेमार, एमबाप्पे र कभानीबिना पनि पिएसजीले जित निकालेको छ।

शुक्रबार सिजनको पहिलो अवे खेलमा साविक विजेता पिएसजीले मेट्जलाई २–० ले पराजित गरेको हो।

१३ औं मिनेटमा मेट्जविरुद्ध एन्जल डी मारियालले पेनाल्टीमार्फत पहिलो गोल गरेका थिए। इरिक म्याक्सिम चोउपोले पहिलो हाफ हुनु केहि अगाडि गोल गर्दै टोलीको अग्रतालाई दोब्बर पारेका थिए।

ब्राजिलियन स्टार नेमारले यो सिजन पिएसजीबाट खेलेका छैनन्। एमबाप्पे र कभानी भने चोटका कारण मैदान बाहिर रहँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस्