१५ भदौ २०७६, काठमाडौं
तङ्ग–इल मो–दो संघ नेपालकी खेलाडि मनिका सुनारले अन्तराष्ट्रिय प्रतियोगितामा नेपालको लागि स्वर्ण पदक जितेकी छन् । १०६ राष्ट्रको सहभागिता रहेको प्रतियोगितामा ३५६५ खेलाडिहरुले सहभागिता जनाएका थिए ।
तङ्ग–इल मो–दो संघ नेपालका अध्यक्ष सन्तोष कुमार पौडेल नेतृत्वमा ६ जना नेपाली खेलाडिहरुको सहभागिता रहेकोमा गोरखाकी मनिका सुनारले महिला काता (बोन)मा स्वर्ण पदक जितेर नेपालको नाम राखेकी छन् । मनिका सँगै प्रकाश श्रेष्ठ, तेज बहादुर सिँह, दिपक बास्तोला दिपेन्द्र ठाकुर लगायतका खेलाडिले सहभागिता जनाएका थिए ।
दक्षिण कोरियामा आयोजना गरिएको २०१९ छन्ङजु वर्ड मार्शल आर्टस मास्टरशिप “अन्तर्राष्ट्रिय मार्शल आर्टस मेगाइभेन्ट” सुनारले स्वर्ण पदक जितेकी हुन् । कोरियाली सरकारको स्वीकृतीमा अन्तर्राष्ट्रिय खेलकुद कार्यक्रम अन्तर्गत प्रतियोगिता आयोजना गरिएको तङ्ग–इल मो–दो संघ नेपालका महासचिव बिष्णु गिरीले जानकारी दिए ।
“समय भन्दा पर, संसारलाइ जोड्ने”भन्ने नाराका आयोजित अन्तराष्ट्रिय प्रतियोगितमा सबै किसीमको मार्शल आर्टशलाई एकै ठाउ“मा ल्याउन तथा मार्सल आर्टको माध्यमबाट शान्ति र सद्भावका लागि सकारात्मक सन्देश प्रबाह गर्न पनि प्रतियोगिता गरिएको हो ।
यजी.ए.आइ.एस.एफ. को सरक्षण र आइ.ओ.सि.ले समार्थन गरेको प्रतियोगिमा हो । गिरीले तङ्ग–ईल मो–दो खेल विश्वप्रसिद्ध शान्तिवादी नेता सन् म्योङ्ग मुनले खेलकुदको माध्यमबाट विश्वभरी शान्ति स्थापना गर्ने उद्देश्यले स्थापना गरेको संस्मरण गर्दै यस खेलले राष्ट्रको नाम बिश्वमा चिनाउन भहत्वपूर्ण भूमिका खेल्ने बताए ।
राष्ट्रय खेलकुद परिषदमा समेत आवद्ध रहेको तङ्ग–इल मो–दो संघले प्रतियोगितामा सहभागिता जनाउन जानु अघि खेलकुद परिवदमा समेत जानकारी गराएको महासचिव गिरीले जानकारी दिए । चुङ्जु वर्ल्ड मार्शल आर्ट्स प्रतियोगितामा तङ्ग–इल मो–दो संघ नेपालका अध्यक्ष सन्तोष कुमार पौडेललाई शान्ति पदकद्वारा सम्मान गरिएको थियो ।