प्रियंका धरधरी रुदाँ पनि प्रकाशको आक्रोश रोकिएन, ‘सत्य पचाउन नसक्ने’ भन्दै प्रियंकाकै गल्ती देखाए



१५ भदौ २०७६, काठमाडौँ

प्रकाश कटुवाल र प्रियंका कार्कीको लफडा अझै सकिएको छैन । प्रकाशले अष्ट्रेलियाबाट नेपाल आउने क्रममा प्रियंका कार्कीले आफूलाई नराम्रो व्यवहार गरेको भन्दै फेसबुकमा स्टाटस लेखेका थिए ।

त्यतिमात्र नभएर उनले एक अन्तवार्तामा समेत प्रियंका कार्कीको व्यवहार आफूलाई पटक्कै मन नपरेकाले बोल्न बाध्य भएको समेत बताए । यस्तै प्रकाशले अन्तवार्ता दिएपछि प्रियंका पनि मिडियामा आइन् । उनले अन्तवार्तामा आफूले प्रकाशले नराम्रो व्यवहार नगरेको बताइन् । प्रियंका अन्तवार्तामा प्रकाशले आफ्नो इज्जतमा दाग लाग्ने कुरा मिडियामा बोलेको बताइन् ।

प्रकाशको आक्रोश अझै रोकिएको छैन । प्रियंका मिडियामा आएपछि अहिले प्रकाश झनै आक्रोशित हुँदै मिडियामा आएका छन् । उनले प्रियंकाले रोएर सत्य जे हो त्यो बद्लिदैन भनेका छन् । प्रकाशले सत्य पचाउन नसक्ने प्रियंकाको बानी रहेछ समेत भन्न भ्याए ।

सानो कुराबाट सुरु भएको प्रकाश र प्रियंकाको लफडा ठूलो भन्दै गइरहेको छ । प्रकाशले प्रियंकाकै गल्ती देखाइरहेका छन् भने यता प्रियंका प्रकाशलाई आफूले नराम्रो व्यवहार नगरेको बताइरहेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्