पललाई धोका दिएको भन्दै फ्यानले गाली गर्न थालेपछि आँचललाई गाली नगर्न पलले गरे आग्रह



१५ भदौ २०७६, काठमाडौँ

केही समयदेखि आँचललाई फ्यानले निकै गाली गरिरहेका छन् । उनको नाम सधैँ अभिनेता पल शाहसँग जोडिएर आउने गरेको छ । पल र आँचलको जोडीलाई दर्शकले पनि निकै रुचाउने गरेका छन् । तर आँचल केही समयदेखि उदिपसँग नजिकिएसँगै पलका फ्यानले आँचललाई गाली गरेका हुन् ।

यसैबिच नायक पल शाहले फेसबुकमा लामो स्टाटस लेख्दै आँचललाई गाली नगर्न फ्यानसँग आग्रह गरेका छन् । उनले आँचल र आफू पहिले देखि नै मिल्ने साथी भएको र सधैँ रहने बताए । उनले आँचललाई नराम्रो शब्द प्रयोग गरेर गाली गर्दा उनको करियरमा समेत असर पुग्ने बताए । पलले आँप जोडी सधैँ रहने कुरा दर्शकलाई स्पष्ट पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्