‘भारत–पाकिस्तानबीच युद्ध भए भयावह हुन्छ’



१६ भदौ २०७६, काठमाडौं

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भातर–पाकिस्तानबीच युुद्ध भए भयावह स्थिति सिर्जना हुने चेतावनी दिएका छन्।

‘५६ औं कन्भेन्सन अफ इस्लामिक सोसाइटी अफ नर्थ अमेरिका (आईएसएनए)मा सहभागी भएका प्रधानमन्त्री खानले दुई आणविक शक्ति मुलुकबीच युद्धको अवस्था सिर्जना भए त्यो भयावह हुने बताए।

भारतले कश्मीरमा लिएको नयाँ कदमको विरोध गर्दै खानले यो मुद्दामा अन्तराष्ट्रिय समुदायले हेर्नुपर्नेमा जोड दिए।

‘यदि दुई परमाणु शक्ति सम्पन्न देशबीच युद्ध भयो भने यो सानो युद्ध हुने छैन। मैले मुस्लिम देशका शासकसँग कुराकानी गरेका छु। मलाई थाहा छ कि भारतमा केही मानिसहरु अझै पनि नेहरु र गान्धीको विचारधारमा विश्वास गर्छन्। तर मोदी प्रधानमन्त्री बनेपछि स्थिति बदलिएको छ। मलाई आशा छ कि अन्तराष्ट्रिय समुदायले कश्मीरलाई लिएर आफ्नो भूमिका निर्वाह गर्नेछन्।’ उनल भने।

प्रतिक्रिया दिनुहोस्