१६ भदौ २०७६, काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओली बुधबार सातौं चरणको प्लाज्मा फेरेसिस सकिएपछि शुक्रबार स्वदेश फर्किने भएका छन्।
नेकपा संसदीय दलका कार्यवाहक नेता सुवास नेम्वाङलाई आइतबार साँझ फोन गरेर ओलीले आफू ठीकठाक रहेको सन्देश प्रवाह गरिदिनसमेत भनेका थिए।
गत ५ भदौमा फलोअपका लागि सिंगापुर पुगेका ओलीको प्लाज्मा फेरेसिस प्रक्रियाबाट एण्टीबडीको मात्रा घटाउन उपचार भइरहेको छ।
ओलीले संसदीय काम कारबाही र विधेयकहरुको विषयमा जानकारी लिन नेम्वाङलाई फोन गरेका थिए।
‘उहाँ आफैले मलाई फोन गर्नुभएको थियो। मैले उहाँलाई कस्तो छ भनेर सोध्दा आफू एकदम ठीक छु र यसअघिको निर्धारित कार्यक्रम अनुसार नै २० गते फर्किन्छु भन्नुभएको छ। उहाँको बोली सुन्दा पनि तन्दुरुस्त र उत्साहित हुनुहुन्छ।’ नेता नेम्वाङले भने।