१७ भदौ २०७६, काठमाडौँ
तिजको अवसरमा नायिका पूजा शर्मा पनि रातो सारीमा सजिएकी छिन् । उनले सारी लगाएको फोटो सामाजिक सञ्जालमा हालेकी छिन् । पूजाले घुम्टो पनि ओढेकी छिन् । उनलाई तस्बिरमा बेहुली जस्तै देखिएको छ ।
पूजाको उक्त तस्बिरलाई फ्यानले निकै मन पराएका छन् । उनको तस्बिर सामाजिक सञ्जालमा निकै सेयर समेत हुने गरेका छन् ।