कपनमा दुई समूहबीच ग्याङ्गफाइट हुदाँ १८ बर्षिया सञ्जय राईको गयो ज्यान



१८ भदौ २०७६, काठमाडौँ

हिजो राति कपनमा ग्याङ्गफाइट हुदाँ १८ बर्षिया सञ्जय राईको ज्यान गएको छ । खोटाङ घर भएका सञ्जय केही समयदेखि कपनस्थित आदर्शनगरमा बस्दै आएका थिए ।

मङ्गलबार राती ९ बजे दुई समूहबीच ग्याङफाइट हुँदा गम्भीर घाइते भएका राईको टिचिङ अस्पतालमा उपचारको क्रममा राती ११ः२५ बजे मृत्यु भएको हो ।

राईको घाँटी र छातीमा गम्भीर चोट लागेको महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होविन्द्र बोगटीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्