१८ भदौ २०७६, काठमाडौँ
काठमाडौँमा एउटा अचम्मको प्रतियोगिता आयोजना हुने तयार हुदैँछ । लामो समयसम्म सुत्नु कत्तिले स्वास्थ्यका लागि फाइदाजनक भएको र कत्तिले हानिकारक भएको बताउँदै आएका छन् ।
यसैबिच एक संस्थाले लामो समयसम्म सुत्ने प्रतियोगिता आयोजना गर्ने तयारी गर्दैछ । एकसाता लामो समयसम्म सुत्न सक्ने मानिसको स्वास्थ्य अबस्था बुझ्नका लागि उक्त संस्थाले यस्तो प्रतियोगिता गर्न लागेको जनाइएको छ ।
कुन स्थान र कहिले प्रतियोगिताको आयोजना गर्ने भन्ने विषयमा संस्थाले अहिले जानकारी नगराउने तर सुझाव सल्लाहअनुसार प्रतियोगिता गर्ने वा नगर्ने निर्णय गर्ने उत्तः संस्थाले जानकारी दिएको छ ।