चिनियाँ विदेशमन्त्री वाङ्ग नेपाल आउँदै



१८ भदौ २०७६, काठमाडौं

निचियाँ विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ्ग यी नेपालको दुई दिने भ्रमणमा आउने भएका छन्।

उच्च सरकारी स्रोतका अनुसार उनी आउँदो शनिबार पाकिस्तानमा हुने पाकिस्तान, अफगानिस्तान र चीन वार्ताका लागि जाने र त्यतैबाट आइतबार नेपाल फर्कने छन्।

बाह्रखरीले लेखेअनुसार नेपालको भ्रमण सकेपछि उनी सेप्टेम्बर ९ र १० नयाँ दिल्लीमा सीमा सम्बन्धी वार्ताका लागि जाने यसअघि बताइए पनि भारत अहिले सीमा सम्बन्धी वार्ताका लागि तयार नरहेको जानकारी गराइएको बुझिएको छ।

सीमा सम्बन्धी वार्तामा भारतीय पक्षको नेतृत्व प्रधानमन्त्रीका रक्षा सल्लाहकार अजित डोभलले गर्ने कार्यक्रम रहेको थियो। तर, त्यस सम्बन्धी अन्तिम निर्णयको टुंगो भने नलागेको जनाइएको छ।

नेपालको परराष्ट्र मन्त्रालयले भने चिनियाँ विदेशमन्त्रीको भ्रमणको बारेमा औपचारिक रुपमा केही बोलेको छैन।

उनको भ्रमणको क्रममा चीनका राष्ट्रपतिले अर्को महिना गर्न सक्ने नेपाल भ्रमणको बारेमा छलफल हुन सक्ने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्