२० भदौ २०७६, काठमाडौं
स्वास्थ्य उपचारका लागि सिंगापुर रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कँदै छन्।
मिर्गौलाको थप परीक्षण तथा उपचारका लागि सिंगापुर गएका प्रधाननमन्त्री ओली स्वास्थ्य सुधारोन्मुख देखिएपछि स्वदेश फर्कने भएका हुन्।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार कुन्दन अर्यालले मिर्गौलामा देखिएको ‘एन्टिबडी’ ‘प्लाज्मा फेरेसिस’ प्रक्रियाबाट मिर्गौलाको उपचारपछि प्रधानमन्त्री ओली शुक्रबार फर्कने जानकारी दिए।
प्रधानमन्त्री ओलीको बुधबार ‘प्लाज्मा फेरेसिस’को सातौँ चरण पूरा गरिएको थियो।
प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न सिंगापुर पुगेका नेकपाका महासचिव विष्णु पौडेल र नेता वामदेव गौतमसमेत सँगै फर्किंदैछन् ।