२० भदौ २०७६, काठमाडौं
हिन्दु धर्मावलम्वीहरुको विश्वप्रसिद्ध पवित्र धार्मिकस्थल पशुपतिनाथ मन्दिरको प्राङ्गणमा प्रत्येक दिन साँझको ७ बजेदेखि संगीतमय सन्ध्या आरती हुदै आइरहेको छ ।
भगवान शिवको भजन ताण्डब नृत्य सहित धार्मिक बिधिपुर्बक हुने आरति हेर्न दैनिक हजारौ भक्तजनहरु पशुपतिनाथ मन्दिर परिसरमा आउने गर्दछन् ।
बैदिक मन्त्रोचरण सहित सुरु हुने आरतिले साझको समय पशुपति क्षेत्र परिसरलाई संगीतमय र निकै आनन्दित बनाइदिन्छ ।
संगीतमय सन्ध्या आरती थप फोटोबाट :